२९ जेठ २०८३, शुक्रबार

शाहिद कपूरकी पत्नीसँग श्रृङ्खला खतिवडाको तुलना, केहो वास्तविकता ?

मंसिर १४, २०७५
शाहिद कपूरकी पत्नीसँग श्रृङ्खला खतिवडाको तुलना, केहो वास्तविकता ?

काठमाडौं– मिस नेपाल श्रृङ्खला खतिवडाको चर्चा यतिबेला सामाजिक सञ्जालहरुमा व्यापक भइरहेको छ । उनी सुन्दरी भएका कारण मात्र चर्चा भएको भने होइन । मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धामा रहेकी छिन् । उनले राम्रो भोट पाइरहेकी छिन् । 

उनी मल्टिमिडिया विधामा अगाडि छिन् । यो प्रतिस्पर्धा चीनमा भइरहेको छ । 

आगामी ८ डिसेम्बरमा मिस बल्र्डको फाइनल हुनेछ । 

यसअघिका मिस नेपालको तुलनामा श्रृङ्खलाको चर्चा निकै भइरहेको छ । 

उनले मिस वर्ल्ड नै जित्न सक्ने कतिपय सर्वेक्षणहरुले देखाएका छन् । 

भारतीय मिडियाहरुले भने अभिनेता शाहिद कपूरकी श्रीमती मिरा राजपुतसँग श्रृङ्खलाको तुलना गरिरहेका छन् । 

उनीहरुले मीराको जस्तै अनुहार भएकी सुन्दरी भन्दै श्रृङ्खलाको प्रचार गरिरहेका छन् । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ट्वीटर एकाउन्टमा शाहिद कपूरको फ्यान पेजले यो शेयर गरेको छ । 

बलिउड अभिनेता शाहिद कपूरकी पत्नी मीरा राजपूत सामाजिक सञ्जालमा स्टार नै बेनकी छिन् । इन्स्टाग्राममा उनका १.२ मिलियन फलोअर्स छन् । 
मीरा र शाहिद २०१५ मा विवाह बन्धनमा बाँधिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्