२६ जेठ २०८३, मंगलबार

प्रधानमन्त्रीद्वारा आचार संहिता उल्लंघन, हेलिकप्टर चढेर पार्टीको कार्यक्रममा

कात्तिक २०, २०७४
  प्रधानमन्त्रीद्वारा आचार संहिता उल्लंघन, हेलिकप्टर चढेर पार्टीको कार्यक्रममा
काठमाडौं, २० फागुन — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सेनाको हेलिकप्टर चढेर पार्टीको कार्यक्रममा सहभागी हुन काभ्रे पुगेका छन् । निर्वाचन आयोेगले १८ गतेदेखि निर्वाचन आचार संहिता समेत लागू गरिसकेको अवस्थामा उनी आचार संहिता उल्लंघन गर्दै सरकारी हेलिकप्टर चढेर काभ्रे पुगेका हुन् ।

माओबादी केन्द्र जिल्ला कमिटी काभ्रेले आयोजना गरेको कार्यक्रममा उनी हेलिकप्टर चढेर च्यासिंखर्क पुगेका हुन् । काठमाडौंबाट ६० किलोमिटर दुरीमा रहेको सो कार्यक्रममा उनी पुगेका हुन् । प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी, अञ्चल प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख लगायतले स्वागत गरेका थिए ।

प्रहरीले समेत सरकारी गाडी प्रयोग गरेर प्रचण्डलाई स्वागत गरेको थियो । निर्वाचन आचार संहिताले हेलिकप्टर प्रयोगमा निषेध लगाएको छ । निर्वाचन आयोगको अनुमति बिना हेलिकप्ट प्रयोग गर्न पाइँदैन ।

salt training

कमेन्ट गर्नुहोस्