लोकान्तर संवाददाता
काठमाडौं, २० फागुन –लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको लगानी सम्मेलनमा करीव ११ खर्ब रुपैयाँ (११ अर्ब डलर)को लगानी प्रतिवद्वता प्राप्त भएको छ । सरकारले दुइदिनसम्म आयोजना गरेको लगानी सम्मेलनमा अपेक्षा गरेभन्दा निकै ठूलो परिमाणमा लगानी प्रतिवद्वता आएको हो ।

सरकारले सम्मेलनबाट करीव १ खर्ब रुपैयाँको लगानी जुट्ने अपेक्षा गरेको थियो । तर, सरकारले अपेक्षा गरेभन्दा निकै बढी लगानी प्रतिवद्वता पाउन सफल भएको छ ।
कृषि, पर्यटन, यातायात, उर्जा, सञ्चाल लगायतका क्षेत्रमा उल्लेख्य लगानी जुटेको छ ।
बिहीवार प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक नेताहरूले लगानीका लागि नेपाल उपयुक्त रहेको र सोका लागि उचित वातावरण सृजना गर्न प्रतिवद्वता व्यक्त गरेका थिए ।
सम्मेलनमा विभिन्न भारत, चीन, अमेरिका, बेलायत लगायतका मुलुकका २ सय ५० कम्पनीले सहभागीता जनाएका थिए ।