२८ जेठ २०८३, बिहीबार

छोरी बलात्कार गरी गर्भवती बनाउने बुवालाई २३ वर्ष कैद

मंसिर १४, २०७५
छोरी बलात्कार गरी गर्भवती बनाउने बुवालाई २३ वर्ष कैद

चौतारा – जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसाला गरेको श्रेस्तदार लेखनाथ पौडेलले जानकारी दिए । 

दुई वर्षअधि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादकपदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबरर्जस्ती करणी गरेका थिए । पटक÷पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते बाह्रबिसे “ङ” ले जाहेरी गरेकी थिइन् । जाहेरीपछि ४६ वर्षीय प्रतिवादी बाह्रबिसे “घ” विरुद्ध २०७४ भदौ २० गते नाबालक हाडनाता र जबरर्जस्ती करणीको तीन वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो । 

श्रेस्तदार पौडेलका अनुसार साउनदेखियता सम्बन्ध विच्छेद र बलात्कार तथा बलात्कार प्रयास मुद्दामा वद्धि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्