२६ जेठ २०८३, मंगलबार

निर्मलाको पोस्टर टाँस्ने १२ जना पक्राउ, प्रहरीले हटायो फोटो

मंसिर १४, २०७५
निर्मलाको पोस्टर टाँस्ने १२ जना पक्राउ, प्रहरीले हटायो फोटो

काठमाडौं– निर्मलाको लागि न्याय माग्दै माइतिघरमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बलात्कारपछि हत्या भएको चार महिनासम्म पनि दोषीमाथि कारवाही र पक्राउ गर्न नसकेको भन्दै उनीहरुले माइतीघर मण्डलामा नाराबाजी र पोस्टर टाँस गर्दै प्रदर्शन गरेका थिए । 

निर्मलाको पक्षमा न्याय माग्दै बुधबार राति टाँसिएका निर्मलाका तस्वीरहरु बिहीबार प्रहरीले हटाएको थियो । 

सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर विजुलीको खम्बामा राखिएको थियो । त्यसकै शैलीमा केही युवाले सरकार भेटियो न्याय भेटिएन लेखिएका पोस्टरहरु टाँसेका थिए तर प्रहरीले पोस्टरहरु हटाएको थियो । 

प्रहरीले पोस्टरहरु हटाएपछि युवाहरुले फेरि आज माइतिघर क्षेत्रमा पोस्टर टाँसेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्