२४ जेठ २०८३, आइतबार

युक्रेनले रुसी पुरुषहरूमाथि लगायो प्रतिबन्ध

मंसिर १४, २०७५
युक्रेनले रुसी पुरुषहरूमाथि लगायो प्रतिबन्ध

काठमाडौं — युक्रेनले सैन्य कानून (मार्सल ल) लगाइएपछि १६ देखि ६० वर्षसम्मका रुसी पुरुषलाई देश प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । 

अन्तिम संस्कारमा भाग लिने लगायतका मानवीय घटनामा मात्र प्रवेश दिइने कीएभको भनाइ छ । रुसले यसको प्रतिशोध लिने योजना नबनाएको बताएको छ । 

डिसेम्बर २६ सम्म युक्रेनका १० वटा क्षेत्रमा मार्सल ल लगाइएको छ । 

रुसको सैन्यबलले तीनवटा युक्रेनी डुंगा र २४ नाविकलाई आइतवार कृष्णसागरमा नियन्त्रणमा लिएपछि रुसको आक्रमण हुने डरका साथ यो कदम चालिएको हो । 

युक्रेनले यो घटना अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लंघन भएको बताएको छ भने रुसले चाहिँ ती डुंगाहरूले रुसको क्षेत्राधिकार मिचेको बताएको छ । 

रुसले युक्रेनी प्रायद्वीपलाई मार्च २०१४ मा क्राइमियालाई विलय गराएपछि क्राइमियाको समुद्रमा भएको यो सबभन्दा ठूलो संघर्ष हो । 

युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले देशका शीर्ष सुरक्षा अधिकारीहरूलाई भेटेपछि रुसी पुरुषमाथि प्रतिबन्धको घोषणा गरेको छ । 

युक्रेनमा निजी सेना गठन गर्न नदिनका लागि यो कदम चासलएको राष्ट्रपतिले ट्वीट गर्दै बताए । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्