२५ जेठ २०८३, सोमबार

फूटबलर निराजनकी श्रीमतीको ठगी धन्दा, क्यानडा पठाइदिन्छु भन्दै डेढ करोड झ्वाम् !

मंसिर १४, २०७५
फूटबलर निराजनकी श्रीमतीको ठगी धन्दा, क्यानडा पठाइदिन्छु भन्दै डेढ करोड झ्वाम् !

काठमाडौँ, क्यानाडा पठाइदिन्छु भन्दै छ जनाबाट १ करोड ३८ लाख लिएर फरार भएकी संगीता अधिकारी रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने रायमाझी नेपालका चर्चित फुटबल खेलाडी निराजन रायमाझीकी श्रीमती हुन् ।

मोटो रकम ठगी गरेर फरार रहेकी रायमाझीलाई अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको सहायतामा अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौँबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको एसएसपी धिरज प्रताप सिंहले बताए ।

क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नविन तामाङबाट २३ लाख, दोलखाका सुदिन खड्काबाट २६ लाख २० हजार, भक्तपुरका रामकृष्ण सुवालबाट १९ लाख ९० हजार, काभ्रेका धिरेन्द्र कुमार पुलामीबाट २२ लाख र भक्तपुरका जयराम सुकुभुटुबाट २० लाख लिएर रायमाझी फरार भएकी थिइन् ।

रायमाझीले पीडितहरूको पासपोर्टमा क्यानडाको नक्कली भिसा लगाएर मोटो रकम ठगी गरेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्