२३ जेठ २०८३, शनिबार

अफगानिस्तानमा अमेरिकाको हवाई आक्रमणले २२ नागरिक मारेको राष्ट्रसंघको भनाइ

मंसिर १४, २०७५
अफगानिस्तानमा अमेरिकाको हवाई आक्रमणले २२ नागरिक मारेको राष्ट्रसंघको भनाइ

काठमाडौं — अमेरिकाले अफगानिस्तानमा मंगलवार गरेको हवाई आक्रमणका कारण २३ जना सर्वसाधारण मारिएको र तीमध्ये अधिकांश पीडित महिला र बालबालिका रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

हेल्मान्ड प्रान्तको एक घरको कम्पाउन्डमा आक्रमण गर्नका लागि अफगान र अमेरिकी बलले संयुक्त कारवाहीको आह्वान गरेका छन् । 

अनुसन्धानकर्ताहरूले कम्तीमा १० बालबालिका र आठ महिला मारिएको हुनसक्ने बताए । अमेरिकी बलहरूले घटनाको अनुसन्धान भइरहेको बताए । 

अमेरिकाले अफगानिस्तानका लागि अघिल्लो वर्ष नयाँ रणनीतिको घोषणा गरेपछि हवाई आक्रमणमा परी सर्वसाधारण मर्ने क्रम बढेको छ । 

राष्ट्रपति ट्रम्पले अमेरिकाको यो दीर्घकालीन युद्धमा थप सेना पठाउनका लागि प्रतिबद्धता जनाएका छन् र तालिबान तथा इस्लामिक स्टेटलाई लक्षित गरी आक्रमणको संख्या ह्वात्तै बढाएको छ । युद्धका नियमलाई पनि खुकुलो बनाइएको
छ र थप बम हान्न अनुमति दिएको छ । 

अफगानिस्तानमा रहेको अमेरिकी नेतृत्वको नाटो मिसनले मंगलवारको हेलिकप्टर आक्रमण अफगानी विशेष बल र तालिबान लडाकूबीच गार्मसर जिल्लामा भएको लडाईंका क्रममा गरिएको बताएको छ । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्