०५ साउन २०८३, मंगलबार

महान्यायाधीवक्ता खरेल भन्छन्, राजनीतिक सहमतिमा संविधान संशोधन गर्न सकिन्छ

मंसिर १४, २०७५
महान्यायाधीवक्ता खरेल भन्छन्, राजनीतिक सहमतिमा संविधान संशोधन गर्न सकिन्छ

सप्तरी– महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजनीतिक सहमति, जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । 

प्रदेश नं २ मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुरधामद्वारा शुक्रवार राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आयोजित ‘न्यायिक समितिका पदाधिकारीको क्षमता विकास सम्बन्धी प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै खरेलले संविधान सम्झौताको दस्तावेज भएको बताए । उनले भने, “आवश्यकता, औचित्य र सहमतिका आधारमा संशोधनको तरिका तथा अदालतको व्याख्याबाट संविधान सुधार र परिमार्जन हुँदैजान्छ ।” 

प्रक्रियाबमोजिम संविधानसभाबाट बनेको जनताको संविधान जनताले नै संशोधन गर्न सक्ने उनले बताए । अन्य मुलुकमा झैं समयक्रममा संशोधन भएर नै नेपालको संवैधानिक कानूनको इतिहास अगाडि बढ्ने खरेलको भनाइ थियो । सबैखाले जात, भाषा, धर्म, संस्कृति र समुदायका नागरिक अटाउन सक्ने व्यवस्था भएको संविधानमा जनताको आवास लगायतको आधारभूत अधिकार सुनिश्चित गरिएको उनले दाबी गरे । 

सप्तरीका १८ वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारी सम्मिलित उक्त प्रशिक्षण कार्यक्रममा प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्रकुमार झा, उच्च अदालत जनकपुर राजविराज इजलासका वरिष्ठ न्यायाधीश तिलप्रसाद श्रेष्ठ र क्याम्पस प्रमुख डा सर्वेशचन्द्र मिश्रले आ–आफ्नो धारणा राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्