१२ असार २०८३, शुक्रबार

विराटनगर विमानस्थलमा अचानक आगो लागेपछि...

मंसिर १४, २०७५
विराटनगर विमानस्थलमा अचानक आगो लागेपछि...

विराटनगर– विराटनगरको विमानस्थल भित्र शुक्रवार विहान अचानक आगो मुस्लो देखियो ।  बिमानस्थल बाहिर रहेका स्थानियबासीमा ठूलै दुर्घटना भएछ कि भन्ने भान पर्न गयाे । सबैजना अात्तिएका जस्ता देखिन्थे ।  धेरैले आगलागी भएको भनेर अनुमान गरे । अनी कतिपयले बिगत बर्षहरुको जस्तै सम्झँदै आपतकालिन अभ्यास भएको हुनसक्ने अनुमान पनि गरे । भएको पनि त्यही नै थियो । आपतकालिन अवस्थामा आइपर्ने  जोखिमलाई न्युनिकरणको लागि  फायर फाईटिङ अभ्यास गरिएको थियो ।

विमान उडान र अवतरणका क्रममा हुनसक्ने संभावित जोखिम न्युनिकरणका लागि  विराटनगर विमानस्थलमा प्रयोगात्मक अभ्यास गरिएको हो । अभ्यासमा विमानस्थलमा कार्यरत सुरक्षा निकाय, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी र विभिन्न एयरलाइन्सका कर्मचारीको उपस्थिती थियो । 

विराटनगर विमानस्थल रनवेको पुर्वदक्षिण तर्फको खाल्डोमा पेट्रोल खन्याएर आगलागीको अवस्था श्रृजना गरिएको थियो । नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका पदाधिकारी र संचारकर्मीहरुको उपस्थितिमा काल्पनिक घटना श्रृजना गरी नियन्त्रण र उद्धारको अभ्यास गरिएको थियो । 

विमानस्थलमा हुनसक्ने दुर्घटना र आगलागीको जोखिमलाई तत्काल न्युनिकरण गर्न सक्ने उद्देश्यका साथ पुनर्ताजगी अभ्यास गरिएको विराटनगर विमानस्थलका प्रमुख टेकनाथ निरौला जानकारी दिए । उत्साहपुर्वक प्रशिक्षण सम्पन्न गरेका सहभागिलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो  ।

यस्तै अभ्यासहरु अन्य विमान कम्पनीहरुले पनि आई पर्ने समस्या र समाधानको बारेमा बिभिन्न स्थानमा गर्दै आएका छन्  । यस अघि बुद्ध एयरले पोखरामा यस्तो तालिम गराएको थियो । त्यस्तै हरेक बर्ष बिराटनगरमा प्राधिकरणले यस्तो सुरक्षित हुने अभ्यास सम्बन्धि तालिम गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्