
काठमाडौं– दुई साताअघि इटालीमा लगनगाँठो कसेर भारत फर्किएका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोण शुक्रबार सिद्धिविनायक मन्दिरको दर्शनमा पुगेका छन् ।
वैवाहिक जीवनलाई खुसी र सफल बनाउन भगवानको आशिर्वाद लिन उनीहरु मन्दिरको दर्शनमा पुगेका हुन् ।
मन्दिर दर्शनमा रणवीर र दीपिकाका साथै परिवारका अरु सदस्यहरुको पनि सहभागिता रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मन्दिरको दर्शनपछि उनीहरुले दुबैले पोज पोजका फोटो समेत खिचाएका थिए । जतिबेला उनीहरु मन्दिर पुगेको खबर फैलियो त्यतिबेला मन्दिर परिसरमा फ्यानको निकै भीड लागेको थियो ।





