२९ जेठ २०८३, शुक्रबार

अनुमानकै भरमा हुन्छ रगत सङ्कलन

मंसिर १५, २०७५
अनुमानकै भरमा हुन्छ रगत सङ्कलन

काठमाडौँ–के वास्तवमै विरामीका लागि रगतको अभाव छ ? यो अनुमान मात्र हो, वास्तवमा रगतको माग कति छ ? र के कति मात्रामा रगत सङ्कलन गर्नुपर्ने हो यो पनि अनुमान कै भरमा छ । 

बुधवार रक्त सङकलन शिविरबाट दुईसय पिन्ट रगत सङ्कलन भयो, बिहीवार २५० पिन्ट सङ्कलन भयो भने शुक्रवार पाँचसय पिन्ट र शनिवार एक हजार पिन्ट रगत सङ्कलनको अपेक्षा सहित रक्तसञ्चार केन्द्र (व्लड बैङ्क) ले काठमाडौँको असन वसन्तपुर, बागबजार र भूगोलपार्कमा आकस्मिक शिविर सञ्चालन गरिरहेको छ । 

रक्तसञ्चार केन्द्रकी निर्देशक डा। मनिता राजकर्णिकारका अनुसार अनुमानको भरमा माग र अनुमान कै भरमा रगत सङ्कलन भइरहेको छ । केन्द्रद्वारा अनुमान गरिए अनुसारका रक्तदाता रक्तदान गर्न शिविरमा आएका छैनन्, आउँदैनन् । नेगेटिभ ग्रुपका रगत र एवी पोजिटिभ रगत निकै न्यून फेला पर्छ । 

कूल दुईलाख रक्तदातामा तीन प्रतिशत नेगेटिभ ग्रुप र यही सङ्ख्यामा १२ प्रतिशत एवी पोजिटिभ ग्रुपका रगत पाइएको तथ्याङ्क बताउँदै निर्देशक डा राजकर्णिकारले केही अस्पताल आफैँले रक्तसङ्कलनको समेत कार्य गर्ने भएकोले सख्त आवश्यक परेका बखत अस्पतालले केन्द्रको सहयोग लिने गरेको बताउँछन् । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्