काठमाडौं, २० फागुन — अमेरिकाको मेरील्यान्ड राज्यमा रहेका दुई मस्जिदले धम्कीयुक्त पत्र प्राप्त गरेका छन् । ती पत्रमा मुसलमानहरूको कत्लेआम गर्ने धम्की दिइएको छ ।

मेरील्यान्डको सिल्भर स्प्रिङमा रहेका दुई इस्लामिक सेन्टरमा मेलमार्फत यस्तो धम्की आएको हो ।
सोमवार इस्लामिक एजुकेसन सोसाइटीका अध्यक्षले मेलबक्समा धम्कीयुक्त पत्र पाएको जानकारी दिए ।
प्रहरीले यसलाई सम्भावित घृणामा आधारित अपराध (हेट क्राइम) का रूपमा अनुसन्धान गरिरहेको छ ।
मस्जिद जाने धार्मिक आस्था भएका व्यक्तिहरू यस्तो मेल पाएपछि तर्सिन थालेका छन् ।
एउटा नोटमा लेखिएको थियो, ‘प्रत्येक मुसलमानलाई मारेकोमा म १०० डलर च्यारिटीलाई दिन्छु ।’
हिन्दुस्तान टाइम्सबाट