
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको छ । २ डिसेम्बर (आइतबार)देखि १४ डिसेम्बरसम्म पोल्याण्डको कातोविचमा आयोजना हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोप २४ को उद्घाटन कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उहाँ बिहान ११ः४० बजे त्यसतर्फ प्रस्थान गर्नु हुनेछ । राष्ट्रपतिको भ्रमण टोलीमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत संघीय सांसदका सदस्यहरू पूर्णा कुमारी सुवेदी, कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, रामसहाय प्रसाद यादव र चन्द्रा चौधरी सहभागी छन् ।