
काठमाडौं– सर्वोच्च अदालतले बढुवाको क्यालेन्डर बनाएर कार्यान्वयन गर्न आदेश दिएको छ । सर्वोच्चले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई यस्तो आदेश दिएको हो । बढुवामा हुने अनियमितताले प्रहरी अधिकारीलाई मात्र नभई शान्ति सुरक्षामै असर पर्ने भन्दै बढुवाको क्यालेन्डर बनाउन भनिएको हो ।