१२ साउन २०८३, मंगलबार

पूर्वमन्त्री रानालाई पितृशोक

मंसिर १५, २०७५
पूर्वमन्त्री रानालाई पितृशोक

रामपुर- नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई पितृशोक परेको छ । 

पाल्पा क्षेत्र नं १ का सङ्घीय सांसद तथा नेकपा एमालेका प्रदेश नं ५ का सहइन्चार्जसमेत रहेका रानाका पिता रुकबहादुर रानाको ९२ वर्षको उमेरमा आज बिहान काठमाडौँमा निधन भएको हो । 

मुटुसम्बन्धी समस्याका कारण निधन भएको परिवारले जनाएको छ । रानाका पाँच छोरामध्ये सांसद राना माइला हुन् । रामपुर नगरपालिका–१ पाल्पाका राना परिवार काठमाडौँमा बस्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्