२५ असार २०८३, बिहीबार

यस्तो छ आशिरमान र शिल्पाको ‘हरपल’ गीत [भिडियोसहित]

मंसिर १५, २०७५
यस्तो छ आशिरमान र शिल्पाको ‘हरपल’ गीत [भिडियोसहित]

काठमाडौं–चलचित्र ‘द ब्रेकअप’ मा समावेश ‘हरपल’बोलको गीत शुक्रबार सार्वजनिक गरिएको छ ।

विराज गौतमको स्वर र संगीत रहेको यो रोमान्टिक गीतमा प्रकाश मल्लको शब्द छ ।

अष्ट्रेलियाका विभिन्न मनोरम स्थानमा छायाँकन गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । भिडियोमा दुईको केमष्ट्री गज्जब देखिएको छ ।

हेमराज विसीको कथा, पटकथा तथा निर्देेशन रहेको चलचित्र पौषको २७ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा रुपक थापा, दिपक खतिवडा, रेनु राना र हेमराज वीसीको लगानी छ ।

लभस्टोरी कथामा बनेको चलचित्रमा रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतको पनि मुख्य भूमिका छ ।

salt training

कमेन्ट गर्नुहोस्