२५ असार २०८३, बिहीबार

समूह बिजेता बन्दै श्रृंखला खतिवडा हेड टु हेड च्यालेञ्जको फाइनलमा

मंसिर १५, २०७५
समूह बिजेता बन्दै श्रृंखला खतिवडा हेड टु हेड च्यालेञ्जको फाइनलमा

काठमाडौं– मिस वर्ल्डकी प्रतिस्पर्धी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवाडा मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेन्जमा समूहबीजेता बन्दै फाइनल राउण्डमा प्रवेश गरेकी छिन् । 

हेड टु हेड च्यालेन्जको फाइनल राउण्डमा पुग्न सफल २० समूहमध्ये १३ औं समूहको विजेता बन्दै उनले यो यात्रा तय गरेकी हुन् । 

आफ्नो समूहमा रहेका बोस्निया हर्जगोविना, अर्जेन्टिना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई पछि पार्दै श्रृंखला दोस्रो चरणमा पुगेकी हुन् । 

यो जितसँगै ११८ प्रतियोगीबाट मिस वर्ल्ड२०१८ को उपाधिका लागि सेमी फाइनलमा पुग्ने ३० जनामा पर्नका लागि नेपालको सम्भावना जिवितै रहेको छ ।

हेड टु हेड च्यालेञ्जका लागि ११८ प्रतियोगीलाई २० वटा समूह बनाई प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये प्रत्येक समूहबाट एक प्रतिस्पर्धीले  समूह विजेता बन्दै अर्को चरणको यात्रा तय गर्ने प्रावधान अनुसार यी २० प्रतियोगीहरु छानिएका हुन् ।   

श्रृंखलाले एक भिडियो सार्वजनिक गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबैलाई धन्यवाद दिएकी छन् । उनले भिडियोमा भनेकी छिन् ‘म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु ।’

salt training

कमेन्ट गर्नुहोस्