१६ असार २०८३, मंगलबार

वनभोज गएको बस दुर्घटना : २ जनाको मृत्यु, ९ जना गम्भीर

मंसिर १५, २०७५
वनभोज गएको बस दुर्घटना : २ जनाको मृत्यु, ९ जना गम्भीर

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१४ को कटकुवामा जनजागृति युवा क्लबको वनभोज खान गएको बस कपासेमा शनिवार दुर्घटनामा पर्दा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ५० जना घाइते भएका छन् भने तीमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा मृत्यु हुनेमा लेकवेशी नगरपालिका–८ कुइनेपानी बस्ने ४० वर्षीया जानकी दर्लामी र सोही स्थानमा बस्ने २२ वर्षीया देउमाया वनकाटी रहेका छन् ।

रिजर्भमा लिएको मध्यपश्चिमाञ्चल बस व्यवसायी समितिको भे१ख ८४९ नम्बरको बस वनभोजबाट फर्किने क्रममा वीरेन्द्रनगरस्थित कपासे नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । उनका अनुसार घाइतेको सुर्खेतको देउती अस्पताल, माया अस्पताल र प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गम्भीर घाइते हुनेमा लेकबेसी–८ का सागर दर्लामी, दिलबहादुर मन्दिर, लालबहादुर अण्डाकी, टोपबहादुर दर्लामी, वीरबहादुर सोमै, अर्चन भुषाल, वीरबहादुर सिजाली, मनिसरा भुसाल र रमा नेपाली रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्