१५ असार २०८३, सोमबार

निर्मला पन्त हत्या प्रकरणः  तारोमा सरकार

मंसिर १६, २०७५
निर्मला पन्त हत्या प्रकरणः  तारोमा सरकार

काठमाडौं–कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सरकार विरोधीको आलोचनाको तारो बनेकोे छ । पछिल्लो समय सरकारको विरोध गर्ने विषय नै निर्मला हत्या बनिरहेको छ । सरकारका राम्रा कामसमेत निर्मलाको विषयसँग जोडेर बदनाम भइरहेका छन् ।

सरकारले केही दिनअघि निजी क्षेत्रका लाखौं श्रमिकको हितमा हुने गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको थियो । त्यस स्वागतयोग्य कामलाई पनि निर्मला पन्तसँग जोडेर ओझेलमा पार्ने काम भइरहेको छ ।
मिस नेपाल २०१८ की शृंखला खतिवडा चीनमा जारी मिस वल्र्ड प्रतिस्पर्धाको अन्तिम ३० भित्र पर्न सफल भएकी छिन् । तर, नेपालमा शृंखलाको विषय पनि निर्मलासँग जोडेर सरकारको विरोध भइरहेको छ । एक नेपाली नारीले भोट मागिरहँदा अर्कीले न्याय मागिरहेको भन्दै सामाजिक सञ्जालमा विरोध हुँदै आएको छ ।

निर्मला हत्याका दोषी पत्ता लगाउन नसक्दा चौतर्फी विरोध बढेर गए पनि सरकार भने दोषी पत्ता लगाएर कारबाही गर्न चुकेको छ । सरकारले दोषी पत्ता लगाउन संवेदनशील बन्नुपर्नेमा उदास देखिएको छ । घटनाको प्रमाण नष्ट गर्ने र किर्ते काम गर्ने प्रहरीकै अधिकारीलाई कानुनबमोजिम कारबाहीसमेत गरिएको छैन । राजधानी दैनिकमा खबर छापिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्