०५ साउन २०८३, मंगलबार

ट्याक्टर दुर्घटना चालकसहित दुई जनाको मृत्यु

मंसिर १६, २०७५
ट्याक्टर दुर्घटना चालकसहित दुई जनाको मृत्यु
सन्दर्भ तस्वीर

दमौली-  तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको ना६त ६८६० नंको ट्याक्टर सडकबाट १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्