१५ असार २०८३, सोमबार

लागुऔषधसहित दुई युवक पक्राउ

मंसिर १६, २०७५
लागुऔषधसहित दुई युवक पक्राउ

महोत्तरी- भारतबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–६ बस्ने १८ वर्षीय मौसम लामा र वडा नं १० बस्ने १९ वर्षीय भीमबहादुर खप्तडी मगर रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । 

शनिबार दुवै जना भारतको सीतामढी जिल्लाअन्तर्गत रहेको भिट्ठामोड शहरबाट लागुऔषध नाइटोभेट १५० थानसहित महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा बस बिसौनीमा जाँचको क्रममा पक्राउ परेका हुन् । पक्राऊ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्