
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टका पिता केवलमान विष्टको आइतबार निधन भएको छ ।
सुनसरीको इटहरी निवासी ९१ वर्षिय स्। विष्टको हृदयघातका कारण निधन भएको हो ।
स्व विष्टको सोमबार बिहान दाहसंस्कार गरिने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।