०१ असार २०८३, सोमबार

१८ वर्षमुनीकालाई डिस्को र दोहोरीमा बन्देज,  उमेर खुल्ने कागजात बोक्नुपर्ने

मंसिर १७, २०७५
१८ वर्षमुनीकालाई डिस्को र दोहोरीमा बन्देज,  उमेर खुल्ने कागजात बोक्नुपर्ने

काठमाडौं — प्रहरीले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ । 

प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लाई कडाईका साथ लागू गर्न थालेपछि कामठाडौंका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बार मा १८ वर्ष भन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् । 

प्रकरीका अनुसार अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रुपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ । 

सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरुलाई प्रवेश गर्न दिनेछन् । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्