
काठमाडौं– सरकारको अधिकांश लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आथिएक वर्षको पहिलो त्रैमासिकको वासलात उत्साहप्रद देखिएको छैन ।
आजको गोरखापत्र दैनिक लेख्छ– कम्पनीले सार्वजनिक गरेको असोजसम्मको अपरिस्केत वासलातअनुसार समग्र आम्दानी गतवर्षको तीन महिनाको तुलनामा करीब एक अर्व रुपैयाँले घटेको छ ।