०४ असार २०८३, बिहीबार

एकान्तकुनामा स्कुटर दुर्घटना : ट्राफिक प्रहरीको मृत्यु

मंसिर १७, २०७५
एकान्तकुनामा स्कुटर दुर्घटना : ट्राफिक प्रहरीको मृत्यु

काठमाडौँ-  काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो ।

कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा घाइते कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल पुर्याएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिनुभयो । 

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्