०४ असार २०८३, बिहीबार

अभिनेत्रीले पारदर्शी कपडा लगाएको भन्दै विवाद, मुद्दा दर्ता

मंसिर १७, २०७५
अभिनेत्रीले पारदर्शी कपडा लगाएको भन्दै विवाद, मुद्दा दर्ता

इजिप्टकी एक अभिनेत्रीले काहिरा फिल्म फेस्टिवलका पारदर्शी कपडा लगाएपछि विवाद उत्पन्न भएको छ । 

सञ्चारमाध्यमहरुका अनुसार यी अभिनेत्री माथि व्यभिचारका लागि उकासेको आरोप दर्ता गरिएको छ । 

काहिरा फिल्म फेस्टिवलका क्रममा रानिया यूसेफले कालो रंगयुक्त पारदर्शी कपडा लगाएकी थिइन् । जसमा उनको खुट्टाको अधिकांश हिस्सा देखिएको थियो । उनको यो पहिरनलाई मानिसले मुद्दा बनाएका छन् । 

तर केही मानिसले भने रानियालाई उनको इच्छा अनुसारको कपडा लगाउने उधिकार भएको बताएका छन् । 

इजिप्टको न्यायिक प्रणालीसँग जोडिएका मानिसले समाचार एजेन्सी एएफपीलाई बताएका छन् कि यदी रानिया दोषी पाइएको खण्डमा उनलाई पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ । 

रानियाले आफ्नो पहिरनका लागि माफि मागेकी छिन् । ४४ वर्षीय रानिया कपडाका कारण यति धेरै विवाद उत्पन्न हुने अनुमान गरेको भए आफूले यो लुगा नलगाउने बताएकी छिन्।   

रानियाका विरुद्ध दर्ता गरिएको अभियोगमा रानियाको पहिरनले समाजको मूल्य परम्पारा तथा नैतिकता अनुसार नभएको र यसले इजिप्टका महिलाको प्रतिष्ठामा नोक्सान पुगेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्