०९ असार २०८३, मंगलबार

अर्काको खोरबाट बङ्गुर चोरेको आरोपमा दुईजना पक्राउ

मंसिर १७, २०७५
अर्काको खोरबाट बङ्गुर चोरेको आरोपमा दुईजना पक्राउ

तौलिहवा – बङ्गुर चोरी गर्ने दुई जनालाई प्रहरीले सोमवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी रहेका छन् । 

ढाडी र कुर्मीले महाराजगञ्ज नगरपालिका–४ बरईपुरका नरदाहे पासीले पालेको ११ बङ्गुर चोरी गरेका हुन् । दुवै जनालाई ११ बङ्गुरसहित तौलिहवाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महाराजगञ्जका प्रहरी नायब निरीक्षक अशोककुमार श्रीवास्तवले बताए । चोरीमा संलग्न एक जना अझै फरार छन् । 

salt training

कमेन्ट गर्नुहोस्