११ असार २०८३, बिहीबार

विहेपछि प्रियंका चोपडाको पहिलो फोटोः सिउँदोमा सिन्दुर, गलामा मंगलसूत्र (तस्बिरहरु)

मंसिर १७, २०७५
विहेपछि प्रियंका चोपडाको पहिलो फोटोः सिउँदोमा सिन्दुर, गलामा मंगलसूत्र (तस्बिरहरु)

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफू भन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनाससँग विवाह बन्धनमा बाँधिइन् । विवाहपछि प्रियंका र निकको पहिलो तस्बिर सार्वजनिक भएको छ । सोमबार उनीहरु जोधपुरस्थित विमान स्थलमा पुगेका थिए भने त्यहाँ उनीहरुलाई हेर्न ठूलो संख्यामा फ्यानहरु पुगेका थिए । सो क्रममा प्रियंका र निकले शुभेच्छुकलाई अभिभादन गरेका थिए ।

विमानस्थलमा प्रियंकाले पिंक कलरको साडी पहिरिएकी थिइन् भने उनको सिउँदो सिन्दुरले भरिनुका साथै गलामा मंगलसूत्र पनि पहिरिएकी थिइन् । निक भने ब्राउन कलरको आउट फिटमा देखिएका थिए । सो क्रममा प्रियंकाले पति निकका साथ रोमान्टिक पोज दिएको तस्बिर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । 

उनीहरु जोधपुरबाट सोमबार दिउँसो दिल्लीका लागि प्रस्थान गरेका थिए । दिल्लीमा मंगलबार उनीहरुले सिसेप्सन पार्टी दिँदैछन् ।  उनीहरुको एक र २ डिसेम्बरमा हिन्दु र क्रिस्चियन परम्पराअनुसार विवाह भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्