०४ असार २०८३, बिहीबार

जोधपुरमा बिहे गरेर रिसेप्सनका लागि दिल्ली पुगे प्रियंका र निक, क–कसलाई छ निम्ता ?

मंसिर १८, २०७५
जोधपुरमा बिहे गरेर रिसेप्सनका लागि दिल्ली पुगे प्रियंका र निक, क–कसलाई छ निम्ता ?

नयाँ दिल्ली–बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक तथा अभिनेता निक जोनास जोधपुरको उम्मेद भवनमा प्यालेसमा विहे गरेपछि दिल्ली पुगेका छन् । मंगलबार दिल्लीमा उनीहरुले एक रिसेप्सन पार्टीको आयोजना गरेका छन् । 

सो रिसेप्सनमा को–को सहभागि हुनेछन् भन्नेबारे गोप्य राखिएको छ । 

सोमबार उनीहरु जोधपुरबाट दिल्लीका लागि प्रस्थान गर्नेक्रममा ठूलो संख्यामा फ्यानहरु विमानस्थलमा भेला भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
सो क्रममा प्रियंका र निकले शुभेच्छुकलाई अभिभादन गरेका थिए ।

विमानस्थलमा प्रियंकाले पिंक कलरको साडी पहिरिएकी थिइन् भने उनको सिउँदो सिन्दुरले भरिनुका साथै गलामा मंगलसूत्र पनि पहिरिएकी थिइन् । निक भने ब्राउन कलरको आउट फिटमा देखिएका थिए । सो क्रममा प्रियंकाले पति निकका साथ रोमान्टिक पोज दिएको तस्बिर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । 

उनीहरुको एक र २ डिसेम्बरमा हिन्दु र क्रिस्चियन परम्पराअनुसार विवाह भएको थियो । विवाह समारोहमा बलिउड स्टारहरु भने देखिएनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्