
काठमाडाैं - बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले विस्तृत अध्ययनका क्रममा बेपत्ता भनी उजूरी गरिएकामा १९ जना जीवितै भेटेको छ ।
आयोगले बेपत्ता व्यक्तिको उजुरीका आधारमा अध्ययनका क्रममा जाँदा कञ्चनपुरका कृष्णप्रसाद दुलाल, देवेन्द्रसिंह कुँवर र धनबहादुर दाहाल, नुवाकोटका लक्ष्मण भट्ट र सन्तकुमारी तामाङ, बर्दियाका धनबहादुर खड्का र अशोक शर्मा, महोत्तरीका गङ्गा मण्डल, चिवतनका गङ्गाधर तिम्सिना, ओखलढुङ्गाका गोपी भट्टराई, इलामका कुमार विक, झापाका सोमनाथ खनाल र धनुषाका हरिदेव कुसियतलाई जीवित भेटेको छ ।
त्यस्तै डडेल्धुराका कालुसिंह ठगुन्ना, ललितपुरका राजकुमार राना मगर, नवलपरासीका केशव उपाध्याय पौडेल, सल्यानका पहालमान बस्नेत र धनबहादुर दमार्इं तथा कैलालीका हेमराज जोशी जीवित रहेका छन् । आयोगले सोमबार पत्रकार सम्मेलन गरी सो व्यक्ति भेटिएको जानकारी दिएको हो ।
आयोगको म्याद अब करीब दुई महीना मात्र बाँकी छ । आयोगले हालसम्म ५६ जिल्लामा विस्तृत अध्ययन सम्पन्न गरेको आयोगमा प्रवक्ता डा विष्णुप्रसाद पाठकले बताए ।