११ असार २०८३, बिहीबार

नयाँ टाटा टिगोर नेपाली बजारमा

मंसिर १८, २०७५
नयाँ टाटा टिगोर नेपाली बजारमा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा अर्को एउटा आकर्षक प्यासेन्जर गाडी र नयाँ टाटा टिगोर ल्याएको छ ।

मनमोहक बाहिरी र भित्री बनावट भएको टाटा टिगोर पेट्रोलबाट चल्ने सेडानको न्युनतम  २७.५५ लाख (१.२ लि. रेभोट्रन) मूल्य पर्नेछ र टाटाका सबै आधिकारिक बिक्री केन्द्रमा उपलब्ध हुनेछ ।

टाटा मोटर्सका इन्टरनेसनल प्यासेन्जर युनिटका प्रमुख सुजन रोय भन्छन्, ‘सही मूल्यमा बोल्ड, आकर्षक वनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकहरुका बिच कम्प्याक्ट सेडान निकै लोकप्रिय छ । यही तथ्यलाइ ध्यानमा राख्दै हामीले कला, कार्यक्षमता, आराम र प्रविधिको सर्वोत्कृष्ट सम्रिश्रण स्वरूप नयाँ टाटा टिगोर ल्याएका छौं । यसले हाम्रा ग्राहकहरुको मन जित्ने कुरामा हामी विश्वस्त छौं ।’ 

उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘अरुभन्दा केही फरक गर्ने दृढता अनुरुप नयाँ टिगोर बजारमा आएको हो । यो केवल टाटाको नयाँ उत्पादन मात्र होइन, सम्पूर्ण अटोमोबाइल उद्योगमा नै नयाँ आयाम हो । नयाँ टिगोरले एकातिर हामीलाई चार पांग्रे बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ भने अर्कोतर्फ यसले हाम्रो उत्कृष्टता प्रतिको आफ्नो अटुट प्रतिबद्धतालाई पनि पुनः एक पटक प्रमाणित गरेको छ ।’

नयाँ टाटा टिगोरका विशेषता
सर्वोत्कृष्ट बनावट

नयाँ टिगोरमा भएको ब्रेक फ्री कुप रुफलाइन र ड्युल चेम्बर प्रोजेक्टर हेडल्याम्प्सले यसको बनावट एकदमै आकर्षक बनाएको छ । 

टिगोर निलो, रोमन सिल्भर, एस्प्रेसो खैरो, बेरी रातो, पियरसेंट सेतो र टिटानियम खैरो गरी ६ वटा रंगमा उपलब्ध छ ।

आकर्षक भित्रि बनावट 

बाहिरी आवरण जति आकर्षक छ, भित्रि पनि कम छैन । कालो र खैरो रंगको प्रयोग गरिएको र टिटानियम रंगको छालाको सिट कभर भएको, आकर्षक छ, कप राख्ने ठाउँ, आरामदायी हात राख्ने ठाउँ भएकोे यो गाडी लक्जरियस देखिन्छ ।

अतुलनीय आराम    

नयाँ टिगोरमा सहज ड्राइभिङका लागि हाइट एडजस्ट गर्न मिल्ने ड्राइभिङ सिट राखिएको छ । पछाडि र अगाडिको सिटको बिचमा पर्याप्त ठाउँ रहेको छ । अटोमेटेड तापक्रम कन्ट्रोल सिस्टमले क्याबिनको वरिपरी समान कुलिङ हुन्छ । 

नेक्स्ट जेनेरेसन एचएमआई

नयाँ टिगोरमा जताततै समान ध्वनि आउन सहयोग गर्ने हर्मन टि एमको एन्ड्रोइड् अटो प्रयोग गरी ४ वटा स्पिकर र ४ वटा ट्वीटर राखिएको छ । हर्मन गोल्डेन इयर प्रमाणित अटो विशेषज्ञद्वारा साउण्ड सिस्टम सम्बन्धी सम्पूर्ण कार्य गराइएकोे छ । 

सर्वोत्कृष्ट सुरक्षा

टाटा मोटर्सको पहिलो प्राथमिकता नै सुरक्षा हो । यसै कुरालाई मध्यनजर राख्दै नयाँ टिगोरमा कडा किसिमको स्टिलको प्रयोग गरिएको छ । 

उत्कृष्ट कार्यक्षमता

१.२ लि. रेभोट्रन पेट्रोल पावर भएको यस नयाँ टिगोरमा उत्कृष्ट कार्यक्षमता र कम एनभीएचका लागि इन्जिनलाई थप अनुकुल बनाइएको छ । कम्पन कम गर्न थप सुधार गरिएको छ ।

सहज र आरामदायी ड्राइभिङका लागि टाटा मोटर्सले दिँदै आएको मल्टीड्राइभ मोड समावेश गरिएको छ ।

टाटा मोटर्सबारे

टाटा मोटर्स (वार्षिक) ४५ अर्ब डलरको कारोबार गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो । जसले कार, युटिलिटी गाडी, बस, ट्रक अनि सुरक्षामा प्रयोग हुने गाडी उत्पादन गर्छ । यो भारतको सबैभन्दा ठूलो अटोमोवाइल कम्पनी हो र १ सय अर्ब डलरको कारोबार रहेको टाटा गु्रपको एउटा हाँगा हो । १०९ सहायक कम्पनीमार्फत् टाटा मोटर्स वेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ ।

बेलायतको स्थापित ज्यागुअर ल्याण्ड रोभर पनि टाटा मोटर्स अन्तर्गत उत्पादन हुन्छ ।  अनि यसले दक्षिण कोरियामा टाटा डेउ नामक कार उत्पादन गर्छ ।  कम्पनीको भारतमा फियाटसँग संयुक्त औद्योगिक भेन्चर– लगानी पनि रहेको छ । टाटा मोटर्स (वस ट्रक जस्ता) कमर्शियल गाडीमा भारतीय वजारमा नेतृत्वदायी भूमिकामा छ । 

कम्पनीले आफ्ना कार्यहरु ग्राहक र बजारको मागमा केन्द्रित रहि नौलो र दिगो प्रविधिको विकास गर्दै आएको छ । पेसेञ्जर गाडीको बिक्रीमा पनि टाटा अगाडि नै रहेको छ । यसका ९० लाख गाडीहरु भारतीय सडकमा गुडिरहेका छन् । 

कम्पनीले दिगो र उपयुक्त खालको अटोमोवाइल प्रविधिको आविष्कारमा ध्यान दिँदै आएको छ । यसको अनुसन्धान र विकास केन्द्रहरु भारत, वेलायत, इटाली र दक्षिण कोरियामा रहेका छन् । अर्को जमानाका ग्राहकलाई ध्यानमा राखेर टाटा मोटर्स नयाँ खालका उत्पादन ल्याउन कटिवद्ध भएर लागको छ । 

टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्य एसिया, दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, दक्षिण अमेरिका, अष्ट्रेलिया, रुस र पूर्वी यूरोपका देशमा विक्री वितरण हुन्छ ।  

सिप्रदीबारे

सिप्रदी अटोमोटिभ र सम्बन्धित व्यवसायमा काम गर्ने नेपालको सबैभन्दा ठूला र सम्मानित व्राण्डमध्ये एक हो ।  ३४ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोबार ३५ करोड अमेरिकी डलरभन्दा बढी छ र यसको कारोबार तीब्रगतिमा बढ्दै गएको छ ।

सिप्रदी अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ । यसका ७५० जना कर्मचारी छन् अनि ६५० जना सहयोगी कर्मचारी छन् । उनीहरू उत्कृष्ट वस्तु र सेवा पुर्‍याउने एउटै उद्धेश्यका साथ काम गरिरहेका छन् जसले सिप्रदीको ब्राण्ड भ्यालु बढेको छ । 

सिप्रदी ट्रेडिङ प्रालि सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ । यो आइएसओ ९००१–२००८ प्राप्त कम्पनी हो । यसको नेपालमा सवैभन्दा धेरै बिक्री तथा सेवा केन्द्रहरु रहेका छन् । देशभरि टाटा मोटर्सका कमर्शियल गाडीमा समर्पित २४ बिक्री कार्यालय, २५ सेवा केन्द्रहरु र ३०० स्पियर पार्टस आउटलेट रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्