
काठमाडौं — यस वर्षका हिट फिल्महरू बधाई हो र अन्धाधुनमा खेलेका आयुष्मान खुरानाले सारी लगाएर नयाँ फिल्म खेलेका छन् ।
ड्रीम गर्ल नामक उक्त फिल्मको पोस्टर जारी उनले गरेका हुन् । यो पोस्टर देख्नेबित्तिकै प्रशंसकहरूले फिल्मप्रति उत्सुकता देखाएका छन् ।
आयुष्मानले पहिलोपटक सारी लगाएर फिल्म खेलेका हुन् । उनी सारी लगाएर स्कूटरमा बसेका देखिन्छन् । पोस्टरको पृष्ठभूमिमा रामलीला समितिको ब्यानर लगाइएको छ । जीवनमरण नामक एक पसल पनि देखिन्छ ।
पोस्टर एकदमै रमाइलो छ । आयुष्मानले अलिक फरक किसिमका फिल्म खेल्ने गरेका छन् र यो फिल्म पनि अनौठो लाग्छ ।
एकता कपूरले निर्माण गरेको यो फिल्मबाट लेखक राज शाण्डिल्यले पहिलोपटक निर्देशन गर्न लागेका हुन् ।
फिल्ममा आयुष्मान पहिलोपटक अभिनेत्री नुसरत भरुचाका साथ देखिँदैछन् ।
एजेन्सी