१२ असार २०८३, शुक्रबार

कर्मचारीको व्यवस्थापन गर्ने अख्तियारी प्रदेश सरकारलाई नै दिइने : मन्त्री ज्ञवाली

मंसिर १८, २०७५
कर्मचारीको व्यवस्थापन गर्ने अख्तियारी प्रदेश सरकारलाई नै दिइने : मन्त्री ज्ञवाली

सुर्खेत – परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कर्मचारी अभावको समस्या समाधान गर्न प्रदेशलाई नै अख्तियारी दिने गरी सरकार अघि बढेको बताएका छन् ।

मंगलवार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री ज्ञवालीले संघीय सरकारले प्रदेश सरकारको पीडा बुझेको बताउँदै प्रदेश सरकारलाई चलायमान बनाउन संघीय सरकार तत्पर रहेको बताए ।

उनले तीनै तहका सरकारबीच समन्वय भएको खण्डमा मात्रै देशको विकास हुने बताए । ‘एक्लै–एक्लै भएर कुनै पनि सरकार हिँड्न सक्ने अवस्था छैन,’ मन्त्री ज्ञवालीले भने, ‘समृद्धिका लागि सबै सरकारको समन्वयको आवश्यकता छ ।’ त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको र प्रदेश सरकारले अब धेरै चिन्ता लिन नपर्ने उनले बताए ।

मन्त्री ज्ञवालीले निर्मला हत्या प्रकरणमा प्रहरीबाट गम्भीर गल्ती भएको बताए । घटनालगत्तै प्रहरीले प्रमाण जुटाउनुको सट्टा लापरवाहीपूर्वक अनुसन्धान गर्दा अपराधी उम्किन सफल भएको उनको टिप्पणी छ । तर पनि सरकारले अनुसन्धान जारी राखेको बताउँदै उनले केही ढिलो भएपनि निर्मलाको हत्यारालाई सरकारले कारवाही गरेरै छोड्ने प्रतिक्रिया दिए ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका मन्त्री ज्ञवालीले अपराधी छलेर जहाँ गएपनि सरकारले कानूनी दायरमा ल्याएरै छाड्ने दाबी गरे ।

उच्च राजनीतिक ओहोदामा रहेको व्यक्तिको निर्मला घटनामा संलग्नता भएको पुष्टि नभएकाले अनावश्यक रुपमा घटनालाई अतिरञ्जित नगर्न उनको आग्रह थियो ।

कार्यक्रममै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा स्थानीय, प्रदेश र केन्द्रीय सरकारबीच समन्वय गरेर जनताका जनअपेक्षा अनुसारका काम गर्न सरकार कटिवद्ध रुपमा लागेको बताइन् ।

समाजमा हुने सबै खाले हिंसाको अन्त्य गर्न ३ तहकै सरकारबीच समन्वय गरेर अपराधरहित समाज निर्माण गर्न सरकारले ७ वटै प्रदेशमा कार्यक्रम गरिरहेको उनले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्