०६ असार २०८३, शनिबार

यसकारण स्थानीय तहको संख्या टुंगो लागेन

कात्तिक २०, २०७४
यसकारण स्थानीय तहको संख्या टुंगो लागेन
काठमाडौँ,२१ फागुन - गाउँपालिका र नगरपालिकाको संख्या टुंग्याउन समस्या भएको छ । मधेसी मोर्चामा आबद्ध दलले स्थानीय तहको संख्या थप्ने प्रस्ताव अस्वीकार गरेपछि समस्या भएको खबर आजको नयाँ पत्रिकामा छ |

स्थानीय तह पुनर्संरचना प्रतिवेदन पुनरावलोकन कार्यदलले संख्या टुंग्याएर शुक्रबार सिफारिस गर्ने समय पाएको थियो । मधेसी मोर्चाको माग सम्बोधन गर्न २ नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप्ने तयारी कार्यदलको थियो । तर, मोर्चाले असहमति जनाएपछि कार्यदलले शुक्रबार कुनै निर्णय गरेन ।

स्थानीय तह पुनर्संरचना प्रतिवेदन पुनरावलोकन कार्यदलका संयोजक स्थानीय विकासमन्त्री हितराज पाण्डेले संख्या टुंग्याउन मधेसी मोर्चाआबद्ध दल र सांसदसँग शुक्रबार पनि छलफल गरेका थिए । कार्यदलले स्थानीय तह पुनर्संरचना आयोगको मापदण्डका आधारमा सात सय ४४ सम्म संख्या पुर्‍याउन सक्ने गरी छलफल गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्