३१ जेठ २०८३, आइतबार

प्रहरी जवानबाटै महिलाको बलात्कारपछि हत्या

कात्तिक २०, २०७४
प्रहरी जवानबाटै महिलाको बलात्कारपछि हत्या
काठमाडौं, २१ फागुन- जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहराकी २४ वर्षीया राधिका सुनारको २२ माघमा बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती महिलालाई प्रेमजालमा पारेर घरबाट एक किलोमिटर टाढा पासागाढ खोलामा लगी बलात्कारपश्चात् हत्या गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। हत्यामा संलग्नलाई सर्वस्वसहित आजीवन कारावासको सजाय मागदाबी गर्दै प्रहरीले शुक्रबार जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।


मृतकका पति दलबहादुर सुनार नेपाली सेनामा कार्यरत छन्। श्रीमान् घरमा नभएको मौका छोपी अवैध यौन सम्बन्ध राख्दै आएका कमललाई विवाह गर्न राधिकाले दबाब दिएपछि हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्