
काठमाडौं–संघीय समाजवादी फोरमकी समानुपातिक सांसद कलुदेवी विकले जेठ २१ गते संसद बैठकको विशेष समयमा भनिन्, ‘सबैभन्दा बढी छुवाछुत काठमाडौंमा रहेछ । हामीले एक महिना भयो कोठा पाएको छैन । छुवाछुतको भेदभाव हुनेछैन भनेर हामीले संसदमा सुनिरहेका छौं । काठमाडौंमै यस्तो छ भने गाउँगाउँमा के होला ?’ उनले दलित शब्दनै हटाउन माग गरिन् । उनले भनिन्, ‘हामी दलित होइनौं, शिल्पी हौं ।’ यो प्रकरणपछि भैंसेपाटीमा संसद सचिवालयको नाममा रहेको १ सय४९ रोपनी ४ आना जग्गामा आवास बनाउनुपर्नेमा छलफल भयो । तर अहिले सोही जग्गामा सरकारले मन्त्री क्वार्टर बनाउने निर्णय गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
समाचारमा लेखिएको छ– सांसद आवाकिा लागि राज्यले बर्सेनि६ करोड रुपैयाँ खर्च गरिरहेको छ । तर सरकार सांसद आवास भवन बनाउन छुट्याइएको १ सय ४९ रोपनी ४ आना जग्गा मासेर मन्त्रीहरुका लागि घर ठड्याउने तयारीमा छ । मन्त्रीहरु बस्दै आएको आवासलाई भने भत्कार राजकीय अतिथि गृह बनाउन खोजिँदैछ ।