![सरसफाइका लागि मन्त्री महासेठसँगै सडकमा ओर्लिए काठमाडौंका मेयर शाक्य [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/main_sSA1d1Pffb.jpg)
काठमाडौं– काठमाडौं महानगरपालिकाले राजधानीलाई धुलोरहित शहर बनाउने योजनाका साथ अघि बढेको जनाएको छ । यसैक्रममा महानगरपालिकाले विभिन्न कार्यक्रम पनि गर्दै अाएकाे जनाएकाे छ ।
राजधानीलाई धुलोरहति बनाउने योजनाअनुसार विभिन्न सरसफाइका कार्यक्रमहरु संचालन गर्दै आएको महानगरले शनिबार पनि रत्नपार्कमा सरसफाइ कार्यक्रम गरेकाे छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायतले रत्नपार्कमा सरसफाइ गरेका हुन् । सरसफाइ कार्यक्रममा सहभागी मन्त्री महासेठले काठमाडौंलाई धुलोरहित शहर बनाउनका लागि आफू विशेष योजनाका साथ अघि बढेको जानकारी दिए ।
उनले काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्ने काम यो आर्थिक वर्षभित्र सकिने बताएका छन् । यसैगरी शहरलाई सफा राख्न बाहिरबाट काठमाडौं भित्रने गाडीहरु धाएरमात्र भित्र्याउने जानकारी दिए ।
रत्नपार्कबाट शुरु भएको सरसफाइ कार्यक्रम जमल हुँदै चक्रपथमा पुगेर सकिने छ । काठमाडौं महानगरपालिकाले धुलोरहित शहर बनाउने भन्दै अहिले ब्रुमरको प्रयोग गरेर पनि सरसफाइ गरिरहेको जनाएको छ ।















