
काठमाडौं– चीनको सान्यामा जारी मिस वर्ल्डको ग्रयाण्ड फिनाली शनिबार हुँदैछ । प्रतिस्पर्धामा १२१ देशका सुन्दरी सहभागी भएकोमा मिस नेपाल शृङ्खला खतिवडासहित विभिन्न ३० देशका सुन्दरी टप ३० मा पुगेका छन् ।
मिस वर्ल्डको यो ६८ औँ संस्करण हो । दक्षिण एसियाली देशमा भारत बाहेक अन्य देशले मिस वर्ल्ड जित्न सकेका छैनन् ।
मिस नेपाल शृङ्खलाले ब्यूटी विथ पर्पज अवार्ड जितेर टप ३० मा पुगेकी हुन् । यो पटक शृङ्खलाप्रति नेपालीहरुले आश गरेका छन् । मिस वर्ल्डको युट्युब च्यानल मार्फत प्रत्यक्ष हेर्न पाइने मिस वर्ल्डको फिनालीमा नतिजा नेपाली समय अनुसार बेलुका पाँच बजेपछि घोषणा हुनेछ । नेपाली समय अनुसार दिउँसो चार बजेसम्म भोट गर्न सकिनेछ ।