
रणवीर सिंहले १४ नभोम्बरमा इटलीको लेक कोमामा दीपिका पादुकोणसँग विवाह गरे । यसपछि उनीहरुले बेंगलुरुमा एक तथा मुम्बइमा दुई रिसेप्शन पार्टी दिए ।
१४ नोभेम्बरदेखि लिएर अहिलेसम्म उनीहरु हनीमूनका लागि निस्किएका छैनन् । तेस्रो रिसेप्शनपछि उनको फिल्म सिंबाको ट्रेलर भिडियो रिलिज भएको छ । भिडियो रिलिज भएसँगै रणवीर आफ्नो आगामी फिल्मको प्रमोशनमा जुटेका छन् ।
सुनील ग्रोबरको शो कानपुर वाला खुरानाज १५ डिसेम्बरमा रातको साढे ९ बजे प्रसारित हुनेछ । यस शोको पहिलो भागमा अभिनेता रणवीर सिंह तथा रोहित सेट्टी देखिने छन् ।
रणवीर आफ्नो फिल्म सिंबाको प्रमोशनको लागि जानेछन् । सुनीलले एक भिडियो सार्वजनिक गर्दै लेखेका छन्,‘हेर्नुस् कसरी रणवीर सिंह आफ्नो हनीमूनको समय फिल्म सिंबालाई प्रचार गर्न जुटेका छन् ।’