०१ असार २०८३, सोमबार

विद्यालयमा योगा शिविर, विद्यार्थी भन्छन्-  फुर्ती बढ्दो रहेछ

मंसिर २२, २०७५
विद्यालयमा योगा शिविर, विद्यार्थी भन्छन्-  फुर्ती बढ्दो रहेछ

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ गाग्रेतालका विकास अधिकारी वीरेन्द्रनगर १२ मा रहेको अमरज्योती माध्यमिक विद्यालयमा कक्षा ८ मा पढिरहेका छन् । उनले विद्यालयमा पतञ्जली योग समिति कर्णाली प्रदेश र सुर्खेतले आयोजना गरेको योगा शिविरमा आज भाग लिए ।

अधिकारीलाई योगा गर्न सुरुमा अप्ठ्यारो भयो तर केही समयमा नै योगा गुरुले सुरुवाती योगा सिक्न थाले । त्यो अभ्यास दुइ घण्टा सम्म गरे ।

दुई घण्टा योगा गरिसकेपछि उनी घरतर्फ जानै लाग्दा योगा कस्तो लाग्यो ? भनि प्रश्न गर्दा उनले एकै श्वासमा जवाफ दिए, योगा त गजबको चीज रहेछ । मेरो ज्यानमा फुर्ती थपिदियो । उनले आगामी दिनमा निरन्तर घरमा योगा गर्ने बताए । घरमा पहिलोपटक योगा आफुले मात्रै सिकेको बताउँदै विकासले आमा बुवालाई अनि साथीभाइलाई पनि योगा सिकाउने  बताए ।

हुम्ला घर भएकी सोही विद्यालयमा कक्षा ६ मा पढने छात्रा कविता बोहोरा पनि योगा सिक्न पाउँदा खुशी देखिइन् । उनले सधैं विद्यालयमा योगा शिविर आयोजना भएको भए अरु कुरा पनि सिक्न पाईने अपेक्षा व्यक्त गरिन ।
प्रसंग हो आज उक्त विद्यालयमा आयोजना भएको दुइ दिने योगा शिविरको ।

योगा शिविरमा अमरज्योतीमा कक्षा ६, ७ र आठमा अध्ययनरत ५१० जना भन्दा बढी विद्यार्थीले सक्रिय सहभागिता देखाए । उनीहरुलाई योगा सिकाउन इन्जिनियर जनकबहादुर शाही, शीवप्रसाद गौतम, शीवप्रसदा जैसी, हिरा आचार्य, सन्ध्या त्रिपाठी खटिए ।

हिजो शुक्रबार साँझ ४ बजेदेखि ६ बजेसम्म योगाका विभिन्न तरिकाको प्रयोगात्मक तरिकाले विद्यार्थीहरुलाई कक्षा दिइएको थियो । योगा आज शनिबार विहान ६ बजेदेखि ८ बजेसम्म सिकाइएको थियो । विद्यालयले नै सहजीकरण गरेको उक्त शिविरले विद्यार्थीको शरिर बलियो बनाउने र शरिर बलियो भएमा ज्ञान र सीप बोकेर उडान गर्न सक्छन भन्ने अपेक्षा सहित यो कार्यक्रमको सहजिकरण गरेको प्रधानाध्यापक खगेन्द्र थापाको भनाइ छ ।

वडा अध्यक्ष लोकप्रसाद चालिसेले विद्यार्थी स्वस्थ भएमात्र समाजको स्वस्थ विकास गर्न सकिने बताए ।  विव्यस अध्यक्ष टिकाराम आचार्यले विद्यार्थीहरुको आचरण सुधार होस, उनीहरुको क्षमतामा निखारपन होस भन्ने ध्येयका साथ यो कार्यक्रमको आयोजना गरिएको बताए । उनले विद्यालयले पतञ्जलीसंग मिलेर हरेक तीन महिनामा यस्ता कक्षाहरु चलाउने बारेमा सोचिरहेको बताए ।

कर्णालीको सार्वजनिक विद्यालयमा पहिलो स्तरमा पर्ने उक्त विद्यालयले कक्षा ६ सात र आठमा अध्ययनरत विद्यार्थीहरुलाई  मंसिर २१ गते र २२ गते योगा अभ्यास गराएको हो ।

salt training

कमेन्ट गर्नुहोस्