
काठमाडौँ – मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको होडबाट बाहिरिन पुगेकी छिन् ।
चीनको सान्यामा भएको फाइनलमा उनी टप १२ बाटै बाहिरिएकी हुन् ।
शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्यूजील्याण्ड र मिस थाइल्याण्ड शीर्ष १२ मा पुगेका थिए । जसबाट श्रृङ्खलालाई मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्ने अवसर थियो ।
तर तीन मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जितिन् ।