२५ असार २०८३, बिहीबार

नेकपा कर्णाली प्रदेशको बैठकका यस्ता छन् निर्णय

मंसिर २२, २०७५
नेकपा कर्णाली प्रदेशको बैठकका यस्ता छन् निर्णय

सुर्खेत–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशले एक महिने अभियान सञ्चालन गर्ने भएको छ । 

पार्टी एकतापछि पहिलोपटक प्रदेश राजधानी सुर्खेतमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । देशभरिका सातवटै प्रदेशमध्ये कर्णाली प्रदेश बैठक गर्ने पहिलो प्रदेशसमेत बनेको छ ।

बैठकले पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र प्रदेशसभा सदस्यहरुको संयुक्त टोली बनाएर एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

एकताको सन्देश गाउँ–गाउँमा पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिने अभियान वडा तहसम्म पुग्ने छ । बैठकले स्थानीय कमिटीको एकीकरण प्रस्ताव तयार पार्ने निर्णय पनि गरेको छ । बैठकले पार्टीका प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवसँग समन्वय गरी दुबै पार्टीका प्रदेशसभा संसदीय दलको संयुक्त बैठक गरी  दल एकीकरण गर्ने निर्णय गरेको छ ।

बैठकले साविक एमाले र साविक माओवादी केन्द्रका संगठित सदस्यहरुको ब्यवस्थित अभिलेखीकरण गर्ने, चलअचल सम्पत्तिको एकीकृत ब्यवस्थापन गर्ने, प्रदेश कार्यालय स्थापना र ब्यवस्थापन गर्ने तथा बैंक खाता सञ्चालन गर्ने निर्णय गरेको प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले जानकारी दिए । 

 बैठकमा प्रदेश सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो भने उनीहरुलाई बधाइ पनि ज्ञापन गरिएको थियो । सदस्यहरुले परिचय आदानप्रदान पनि गरेका थिए ।

बैठकले बिशेष प्रस्ताव पारित गर्दै जनयुद्ध र जनआन्दोलनका घाइते अपांगको उपचारका लागि ब्यवस्थापन गर्न सरकार र पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

 त्यस्तै प्रदेश स्थापनाका लागि सहादत प्राप्त गर्ने सहिदप्रति पनि बैठकले उच्च सम्मान प्रकट गरेको छ । 

बैठकले अन्य प्रदेशलाई उछिन्दै प्रदेशको नामाकरण र राजधानी तयलगायतका महत्वपूर्ण निर्णय गर्न सफल बनेकोमा प्रदेश सरकारलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।

 बैठकलाई सम्वोधन गर्दै इञ्चार्ज प्रभाकरले एकताको भावना पार्टी सदस्यसम्म पु¥याउन प्रदेश सदस्यहरुलाई निर्देशन दिए । 

 कर्णाली हेर्दा कठिन तर सम्भावनै सम्भावनाले भरिएको प्रदेश भएकाले चुनौतिसँग जुध्दै संभावनालाई यथार्थमा बदल्न सम्पूर्ण पार्टी पंक्ति नयाँ कर्णाली निर्माणको अभियानमा लामबद्ध हुनुपर्ने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्