काठमाडौँ, २१ फागुन – चर्चित गायक सुगम पोख्रेलको स्वर रहेको सपना देख्थेँ सँधै बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गायक सुगमलाई श्रेया सोताङले स्वरमा साथ दिएको गीत लिएर सङीतकार जिवेश शेढाईं पुन सांगीतिक क्षेत्रमा आगमन गरेका हुन् । उनले करिब आठ बर्ष अगाडी गायिका श्रुती सिँह ठकुरीको चर्चित गीत ‘तिमी गर या नगर’ बाट संगीतकारको रुपमा राम्रो परिचय बनाएका थिए ।
श्रीधर पौडेलले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र भावना पुनको अभिनय रहेको छ। पछिल्लो पुस्ताका युवाहरुलाई लक्षीत गरि बनाइएको भिडियोबाट सङीतकार जिवेश निकै उत्साहित रहेको बताएका छन् । जसको बजार ब्यबस्थापन भाइब्स क्रियसनले गरेको छ ।