१० असार २०८३, बुधबार

ठगीकाण्डमा मुछिएकी राजदूत शेर्पाको पद धरापमा, बयानका लागि बोलाइयो

मंसिर २३, २०७५
ठगीकाण्डमा मुछिएकी राजदूत शेर्पाको पद धरापमा, बयानका लागि बोलाइयो

काठमाडौं–सरकारले ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानबिनका लागि बोलाएको छ । 

परराष्ट्र मन्त्रालयले गठन गरेको तीन सदस्सीय छानबिन समितिलाई बयान दिन शेर्पा शनिबार क्यानबेरास्थित दूतावासबाट काठमाडौं आएकी छिन् । 

मन्त्रालयका अनुसार उनको राजदूत पद रहने वा नरहने भन्ने निर्णयअघि लागेका आरोपबारे छानबिन गरिनेछ । 

यसैबीच राजदूत शेर्पाका पूर्वचालक वाङछु शेर्पालाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत प्रक्रिया अघि बढाएको छ ।

शेर्पाले केही समयअघि राजदूत शेर्पाले मानव तस्करी गर्ने गरेको र आफ्नो श्रीमतीलाई फसाएको दाबी गरेका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्