
काठमाडौं–पार्टीको बैठक बोलाउने, पटक पटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै नेकपाका चार शीर्ष नेता सचिवालय बैठक बहिस्कार गरेका छन् ।
शनिबार बालुवाटारमा बोलाइएको सो बैठक नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र माधव कुमार नेपालले बहिस्कार गरेका हुन् ।
बैठक बहिस्कार गरेर हिँडेपछि नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डले फर्कन आग्रह गर्दै नेता गौतमलाई फोन गरेका थिए ।
‘मलाई चाहिँ दुबै अध्यक्षले फोन गरेर फर्किनुस् भन्दै बोलाउनु भयो । तर, हामी कोही पनि गएनौं ।मैले फर्कँन्न भन्ने जवाफ फर्काएँ । हामी निस्किएपछि ५ जनाको बैठकले २९ गते स्थायी समिति बैठक बोलाउने निर्णय गर्नुभएछ ।’ आजको नयाँ पत्रिका दैनिकले गौतमको प्रतिक्रियासहितको विस्तृत खबर छापेको छ ।