२३ जेठ २०८३, शनिबार

शीतलहरबाट नागरिकलाई जोगाउन प्रधानमन्त्रीको निर्देशन

मंसिर २३, २०७५
शीतलहरबाट नागरिकलाई जोगाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– चिसो शुरु भएसँगै यसबाट हुनसक्ने क्षतिबाट सुरक्षित रहनेबारे सरकारले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईका जिल्लाहरूमा जोडो मौसममा हुने शीतलहरको समस्या र त्यसको प्रभावबारे कसरी आममानिसलाई सुरक्षित बनाउने भन्ने विषयमा सम्बन्धित उच्च अधिकारहरूसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीले सम्भावित शीत लहरबाट सर्वसाधारणलाई जोगाउन उच्च जोखिममा रहेका नागरिकको तथ्याङ्क लिने र प्रशासनिक एव सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सङ्घ संस्था सबैको सहयोगमा प्रभावित जनतामा आवश्यकताअनुसार न्यानो कपडा, औषधि, स्वास्थ्यकर्मी र दाउराको व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री कार्यालयका शनिबार उपप्रधानमंत्री एंव रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमाल, नेपाली सेनाका प्रधान सेनापति पूणचन्द्र थापा लगायत सुरक्षा निकायका प्रमुखसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिनु भएको हो । साथै उहाँले सरकारका सबै निकायहरु उच्च शतर्कता अपनाउने सम्वन्धमा समेत निर्देशन दिनुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्