०४ असार २०८३, बिहीबार

चिसो बढ्यो : काठमाडौंमा यस वर्षकै कम तापक्रम

मंसिर २३, २०७५
चिसो बढ्यो : काठमाडौंमा यस वर्षकै कम तापक्रम

काठमाडौं– काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा आइतबार यस वर्षकै कम तापक्रम मापन भएको छ । तापक्रम निरन्तर घट्दो क्रममा छ ।

उपत्यकाको न्युनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि शनिबार उपत्यकाको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । सोमबार बेलुकीदेखि पश्चिमबाट बादलको प्रणाली थप सक्रिय भएर आउने र जसले मुलुकभर जाडो बढाउनेछ ।

काठमाडौ उपत्यकासहित देशैभर दिनहुँ तापक्रम घट्दै जानुका साथै चिसो बढेको महसुस भएको मौसमविद् सुभाष रिमालले बताए । देशका पहाडी एक दुई स्थानमा आंशिक बदली हुने सम्भावना छ । बेलुकीपख पूर्वी पहाडी क्षेत्रमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ ।

सोमबार बेलुकी पानी परेसँगै मंगलबारदेखि देशैभरको मौसममा आंशिक बदली आउने पनि महाशाखाले अनुमान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्