३० जेठ २०८३, शनिबार

भ्रष्टाचार गर्नु हुँदैन भन्नेहरुले नै भ्रष्टाचार गरिरहेका छन्–प्रधानमन्त्री

मंसिर २३, २०७५
भ्रष्टाचार गर्नु हुँदैन भन्नेहरुले नै भ्रष्टाचार गरिरहेका छन्–प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार डरलाग्दो समस्या भएको बताएका छन् । 

भ्रष्टाचारबिरुद्ध दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धधान आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नु हुँदैन भन्नेहरुले नै भ्रष्टाचार गरेको बताए । भ्रष्टाचार गर्नुपर्छ भनि कसैले नभनेपनि भ्रष्टाचार भइरहेको उनको दुखेसो थियो । 

प्रधामन्त्री ओलीले भने,‘भ्रष्टाचार गर्छ भन्ने मान्छे भेटेको छैन तर भएको भइ छ ।’

मानिसले बुद्धिलाई कु ठाउँमा प्रयोग गर्दा भ्रष्टाचार नरोकिएको उनको भनाइ थियो ।  

सरकारले कर्मचारीहरुलाई ‘म भ्रष्टाचार गर्दिन’ भन्ने शपथ खुवाएको र त्यो नारा सफल भएको प्रधानमन्त्री ओलीले बताए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुत्त नवीनकुमार घिमिरे, मुख्य सचिव लोकदर्शन रेग्मीलागयत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्