२३ जेठ २०८३, शनिबार

यही मंसिर २८ देखि भृकुटीमण्डपमा मेडिकल एण्ड ल्याब एक्स्पो

मंसिर २३, २०७५
यही मंसिर २८ देखि भृकुटीमण्डपमा मेडिकल एण्ड ल्याब एक्स्पो

काठमाडौं– यही मंसिर २८ देखि पुस १ गतेसम्म तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्स्पो २०१८ आयोजना हुने भएको छ ।

आयोजक एस.डी. प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका अनुसार भृकुटीमण्डपमा हुने यो एक्स्पो नेपालको स्वास्थ्य तथा ल्याब क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान–प्रदान गर्ने प्ल्याटफर्म हो ।

नेपाल मेडिकल एसोसिएसन, एसोसिएसन अफ इन्डियन मेडिकल डिभाईस इन्डष्ट्री, ईईपीसी, द साइन्टिफिक इक्युपमेन्ट एण्ड फर्निचर एसोसिएसन, नेपाल एसोसिएसन अफ क्लिनिकल केमेस्ट्री तथा जर्मनीको हाइटेक इन्डष्ट्री एसोसिएसन स्पेक्ट्यारिसको सहयोगमा यो एक्स्पो हुन लागेको हो ।  

नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो आयोजना हुन लागेको हो । यस अन्तर्राष्ट्रिय एक्सपोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर, आई.टी. सर्भिस प्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, प्mयासिलिटी म्यानेजमेन्ट, कम्प्लिट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब, एनालाइटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकल इन्सट्रुमेन्ट्स एण्ड कन्ज्युमेबल्सको प्रदर्शनी हुनेछ ।  यसको उद्घाटन नेपालका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गर्नेछन् ।

प्रदर्शनीमा २०० भन्दा बढी कम्पनी र ५०० भन्दा बढी ब्राण्डको उपस्थिति हुनेछ । यसमा दश मुलुकका अफिसर, डाक्टर, वैज्ञानिक, नीति निर्माता र उद्योगपतिहरू भेला हुने आयोजकले जनाएको छ ।

नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई द्रूत गति दिन यस एक्स्पोले सहयोग पुर्‍याउने विश्वास लिइएको छ । यसका साथै नेपालका कम्पनीहरूलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै यस्ता उत्पादन गर्न सक्ने मौका यो एक्स्पोले दिनेछ । आगन्तुकले स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि हेर्न पाउनेछन्, जो विभिन्न अस्पताल, प्याथोलोजी ल्याब, अनुसन्धान केन्द्र, फार्मास्यूटिकल्स, खाद्य उद्योग, विश्वविद्यालय, ल्याबहरू तथा आपूर्तिसँग सम्बन्धित पनि रहने छन् । 

एक्स्पोका साथसाथै दुईवटा सम्मेलन पनि आयोजना गर्ने एस.डी. प्रोमोले जानकारी दिएको छ ।  पहिलो सम्मेलन १४ डिसेम्बरमा हुनेछ, जसमा यस उद्योगसंग सम्बन्धित विज्ञहरूले स्वास्थ्य क्षेत्र तथा ल्याब प्रविधिमा भएका विकासका बारेमा छलफल गर्नेछन् । यस सम्मेलनमा सम्बन्धित सरकारी, मेडिकल शिक्षा, संघसंस्थाहरू तथा आयोजकसंग आबद्घ व्यक्तिले स्वास्थ्य क्षेत्रमा दिगो विकासका उपायमाथि छलफल गर्नेछन् ।

यसैगरी डिसेम्बर १५ मा “अस्पताल व्यवस्थापन” शीर्षकमा अर्को सम्मेलन गरिनेछ जसमा अस्पताल व्यवस्थापन सम्बन्धी विभिन्न विषयमा प्रयोगात्मक उपायको छलफल तथा उदाहरण दिइनेछ । यो दोस्रो सम्मेलनमा ४०० भन्दा बढी डाक्टरहरूको उपस्थिति रहनेछ ।  

यस इभेन्टले नेपालको स्वास्थ्य तथा ल्याब प्रविधिमा टेवा पुर्‍याउनेछ र नेपालका स्वास्थ्य क्षेत्रका कम्पनीहरूलाई विकासशील दिशातर्फ उन्मुख गर्ने र नयाँ सोच तथा अनुसन्धानका फाइदाहरूतर्फ अग्रसर गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्